
काठमाडौँ। विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतया बहस गर्ने प्रचलन नभएपनि पौडेलद्वयका अधिवक्ताले हिरासतभन्दा बाहिर रहेक मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए ।
सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि निलम्बनमा परेका पौडेलद्वयलाई अख्तियारले बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो । अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध रु २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यस्तै गत वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब रु ७० करोड मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय