
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम र कोशी प्रदेशमा मतगणना शुरु भएको छ ।
सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मत गन्न थालिएको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिनुभएको छ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरेका छन् ।
स्थानीय तहका १७६ जनप्रतिनिधिमध्ये एक जनाको निधन भएको थियो । १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान गरेनन् । राष्ट्रियसभाको ३ जना सदस्यको लागि सुदूरपश्चिमबाट ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
कोशीमा पनि मत गन्न थालिएको छ । सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले मतगणना भएको जानकारी दिनुभएको छ । मतपरिणाम दुई घन्टापछि आउने निर्वाचन अधिकृत बुढाथोकी बताउनुभयो ।
कोशीमा ३ जना स्थानीय तहका प्रतिनिधि बाहेक सबैले मतदान गरेका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले भने मतदान गर्नुभएन । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बित हुनुहुन्छ । उहाँलाई यसअघि नै भ्रष्टाचारको मुद्दा लागेको छ । प्रदेशसभामा रहेका ९३ जना नै प्रदेशसभा सांसदले मतदान गरेका छन् ।
कोशी प्रदेशमा अन्य १ जना र महिला १ जनाका लागि चार जना उम्मेदवार प्रतिस्र्धामा छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की चुनावी मैदानमा हुनुहुन्छ । नेकपा एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल चुनावी मैदानमा हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय