
महोत्तरी । सोनमा गाउँपालिका–२ का २९ वर्षीय नरेन्द्र यादवको गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा आज शव भेटिएको छ ।
तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका–१ स्थित गहुँ खेतमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक पोखरेलकै नेतृत्वको टोली घटनास्थल पुगी सर्जमिन मुचुल्का गर्नुका साथै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण पछि दिइने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री