+

सप्तरीमा जनमत र प्रहरीबीच झडप, शिक्षामन्त्रीसहित ३ सांसद घाइते

सप्तरी । राजविराजमा जनमत पार्टीका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास जनमतले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

झडपमा मधेशका शिक्षामन्त्री र ३ जना सांसद घाइते हुनुभएको छ । झडपमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी सामान्य घाइते हुनुभएको जनमतका सचिव विपी साहले जानकारी दिनुभएको छ । सचिव साहका अनुसार उहाँहरुलाई प्रहरीको लाठी लागेको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यासमा अवरोध गर्न खोजेपछि त्यसलाई नियन्त्रण गर्न जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको जानकारी दिनुभएको छ । 

जनमतको विरोधबीच  मधेश कृषि विश्वविद्यालय जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गर्नुभएको छ । राजविराज नगरपालिका वडा नम्बर १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालय भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।  



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै