
काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिमा आज केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल भएको छ ।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ मा भएको व्यवस्था जनहितमा नभएकाले फिर्ता लिएको बताउनुभयो । उहाँले तत्कालीन कानुनमन्त्री धनराज गुरुङले उक्त व्यवस्था जनहितमा नभएकाले संसद र समितिबाटै फिर्ता लिइसकेको बताउनुभयो ।
‘मुलुकी फौजदारी कार्यविधि ऐन, २०६४ मा संशोधनका लागि प्रस्ताव गरिएको सो व्यवस्था संसद् र समितिबाट फिर्ता लिइसकेको अवस्था छ’ मन्त्री चौरसियाले भन्नुभयो– त्यो दफाको व्यवस्थाबारे चौतर्फी विरोध भयो, त्यसैले फिर्ता दिइएको हो, आवश्यक परेमा दलहरुबीच छलफल गरेर अगाडि बढौँँला ।’
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को धारा ६४ मा संशोधनमा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मद्दा फिर्ता लिन सकिने व्यवस्था गरेको थियो । उक्त दफामा सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दासमेत सरकारले फिर्ता लिनसक्ने प्रावधान थियो । उक्त कानुनको गलत प्रयोग हुन सक्ने आशङ्काले विरोध भएको थियो ।
कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले दफा ६४ फिर्ता लिएको र आवश्यक परे दलहरूबीच सहमति गरेर छुट्टै कानुन बनाउन सकिने बताउनुभयो । सांसदहरूले भने उक्त दफामा भएको व्यवस्था समितिलाई जानकारी नै नदिइ हटाएको भन्दै हटाउनुपर्नाका कारणबारे जानकारी दिनेबारे आफ्नो धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने