
काठमाडौँ । सांसदहरुले विद्युत् निर्यात गरी मुलुक समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्तासँगको दफाबार छलफलका क्रममा उहाँहरुले विद्युत् उत्पादन बढाएर निर्यात सुनिश्चिताका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सांसद रामहरि खतिवडाले नेपाली लगानीकर्तालाई प्रोत्साहन गरी स्वदेशी लगानीको वातावरण सिर्जना गर्नुपर्ने र भारतलगायतका देशसँग विद्युत् व्यापारका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । ‘विदेशी लगानीकर्ता नेपाल आउने तर नेपाली पुँजी पलायन हुने अवस्था छ, निजी क्षेत्र धेरै लगानी गर्न चाहन्छन्, तर स्वदेशी लगानी निरुत्साहित हुने अवस्था नआओस’ उहाँले भन्नुभयो– ‘लगानीमैत्री वातावरण सिर्जना भएमा धेरै निजी क्षेत्र लगानीका लागि उत्सुक छन् । तसर्थ सकेसम्म स्वदेशी लगानी बढाउने नीति लिनुपर्छ ।’
सांसद अच्युत मैनालीले विद्युत् उत्पादन गर्ने क्रममा तल्लो तटीय क्षेत्रमा हुने बाढीको खतरा नियन्त्रणसम्बन्धी व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । सांसद राजेन्द्र बजगाइँले अनुमति खारेज गर्नुपर्ने कारण देखिएमा अनुमति खारेज गर्नसकिने भए पनि निर्माणाधीन आयोजनाको अनुमति खारेज गर्न नहुने धारणा राख्नुभयो ।
संशोधनकर्ता अम्मरबहादुर थापाले विद्युत् ऐनको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । ‘राष्ट्रिय बजेटमा विद्युत् उत्पादनलाई प्रथामिकतामा राख्नुपर्छ । राज्यले सहजीकरण गरे आम नागरिक पनि विद्युत्का आयोजनामा लगानी गर्न तयार हुन्छन्’ उहाँले भन्नुभयो– ‘जलविद्युत् आयोजनामा लगानीको अभाव छैन । तर झन्झटिलो प्रक्रियाका कारण विद्युत्मा लगानीमैत्री वातावरण तय हुन सकेको छैन ।’
संशोधनकर्ता रघुजी पन्तले छिटोभन्दा छिटो जलस्रोत ऐन पारित गरी विद्युत् विधेयक पास गर्नुपर्ने सुझाव दिनुभयो । ‘हामी विद्युत्मा बाह्रैमहिना आत्मनिर्भर छैनौँ । आगामी दिनमा विद्युत् उत्पादन बढाउने छौँ’ उहाँले भन्नुभयो ।
सांसद सुशीला श्रेष्ठले राष्ट्रिय हित र जनउपयोगी बनाउँदै विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ विद्युत् विधेयक संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । संशोधनकर्ता मैना कार्कीले विद्युत् निर्यातबाट मुलुकको समृद्धि हासिल गर्ने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभएको छ ।
संशोधनकर्ता प्रेमबहादुर महर्जनले स्वदेशमै विद्युत् खपतका लागि योजना तर्जुमा गर्न आवश्यक रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने