
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार /उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयले नीति अनुसार नै नयाँ उपकरण किन्नुभन्दा पनि बिग्रिएका तथा पुराना उपकरणको मर्मत गरी सञ्चालन गर्न थालेको बताउनुभयो । “स्वास्थ्यका धेरै उपकरण बिग्रेर सञ्चालन भएका छैनन् । ती उपकरणलाई हामीले मर्मत गरी सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले पुराना तथा बिग्रिएका उपकरणको मर्मत गरी सञ्चालन गर्नका लागि ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले सातवटै प्रदेशमा अहिले पुराना, नचल्ने उपकरण मर्मत गरी सञ्चालन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मधेश र कोशी प्रदेशबाहेक सबै प्रदेशमा वर्कसप स्थापना गरिएको छ ।
“पुराना, बिग्रिएका सामान मर्मत गरी सञ्चालन हुन्छन् भनेर पुराना उपकरण मर्मत गरिरहेका छौँ”, चौरसियाले भन्नुभयो, “यसले गर्दा राज्यको पैसा पनि बचत हुने र पुराना उपकरण मर्मत भई प्रयोगमा ल्याउन सकिन्छ । कम खर्चमा स्वास्थ्य उपकरण प्रयोग गर्न सकेमा अस्पतालहरुमा आवश्यकताअनुसार उपकरण उपलब्ध गराउन पनि सकिन्छ ।” उहाँका अनुसार वर्कसप प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो ।
बायोमेडिकल इञ्जिनियरिङको समूहले ती बिग्रेका, थन्किएका स्वास्थ्य उपरकणको मर्मत गरी सञ्चालन गर्न मिल्ने बनाउने गरेका छन् । वर्कसपमा सिटी स्क्यान, भिडियो एक्सरे, एक्सरे, इको, इसिजीलगायत उपचारात्मक उपकरणको मर्मतसम्भार हुने गरेको छ ।
मधेश प्रदेशमा बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमा वर्कसप स्थापना गरिने चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशमा विश्व बैंकसँग वर्कसप स्थापना गर्नका लागि मन्त्रालयले सम्झौता गरेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै