
काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट चित्लाङतर्फ गइरहेको भ्यान चन्द्रागिरी नगरपालिका –४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा काठमाडौँ मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, त्यही ठाउँका ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्ने डा महेशकुमार गौतम तथा त्यहीका ४ वर्षीय प्रियान्स गौतम र ६ वर्षीया स्मारिका गौतमको मृत्यु भएको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार ६ जना सवार भ्यान सडकबाट करिब ५ सय मिटर तल खसेको हो । दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी घाइते भएकी छन् । घाइतेलाई बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय