
काठमाडौँ । ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ ।
नेवाः गुठी टोखाको आयोजनामा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर माघ १ गते ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो । नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्वपूर्ण योगदान गर्ने विशिष्ठ व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्न लागिएको राससलाई जानकारी दिनुभएको छ ।
नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई ५० हजार रुपैयाँ सहित सम्मान गर्न लागेको छ । टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई रु २५÷२५ हजार रुपैयाँसहित सम्मान गर्न लागेको छ ।
टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख जोगाएका खेलाडी, हास्यव्यङ्ग्य विद्या, मौलिक घर संरक्षणकर्ता र विभिन्न खलःलाई समेत सम्मान गर्न लागिएको अध्यक्ष नापितले बताउनुभयो । नेवाः गुठीले टोखाको संस्कृति, सम्पदा, सङ्गीत, वाद्यवादन, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्न लागेको छ ।
टोखा नगरपालिका–२ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी गरिनेछ ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छवीकालको ५१९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ ।
टोखामा १४ चाकु उद्योग रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । टोखाको चाकु देशसहित विदेशका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै