
काठमाडौँ । राष्ट्रिय समाचार समितिले अवधि भाषामा समाचार सेवा शुरु गरेकोमा समाजवादी प्रेस संगठन, नेपालले आभार प्रकट गरेको छ ।
राससले सोमबारदेखि अवधि भाषामा समाचा प्रारम्भ गरेको हो । समाजवादी प्रेस संगठनले विज्ञप्ति प्रकाशित गरी यसबाट लोकतन्त्र, सङ्घीयता र समावेशीता कार्यान्वयनसँगै विभिन्न भाषाभाषीका सञ्चारमाध्यम जीवन्त राख्न मद्धत पुग्ने उल्लेख गरेको छ ।
राष्ट्र पेटबोली, राष्ट्रिय समाचार समिति (रासस)ले सोमबारदेखि प्रारम्भ गरेको अवधि भाषामा समाचार सेवाका लागि संगठनका तर्फबाट रासस नेतृत्व अझ अध्यक्ष धर्मेन्द्र झासहित सबैलाई हार्दिक आभार प्रकट गर्दछौँ’ संगठनका महासचिव रामकुमार एलनद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ– ‘संविधानले प्रत्याभूत गरेको सूचनाको हक आम सर्वसाधारणले निःशुल्करुपमा उपलब्ध हुनुपर्छ भन्ने मान्यतामा हाम्रो संगठन अडिग छ । यही क्रममा राष्ट्रिय भाषामा समाचार सेवा राज्यबाटै दिइनु पर्छ भनेर हामीले उठाउँदै आएको आवाजको सम्बोधन अवधि भाषामा समाचार सेवा आरम्भबाट भएको छ । अवधि भाषामा समाचार सेवा आरम्भ लोकतन्त्र, सङ्घीयता र समावेशीता स्वीकारसँगै कार्यान्वयनको चरण पनि बनेको छ । हाम्रो संगठनले विभिन्न भाषाभाषीका सञ्चारमाध्यम जीवन्त राख्न राज्यका तीनै तहबाट यथोचित प्रयास हुनु पर्दछ भनेर आवाज उठाइरहेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिकाले अवधि भाषाको समाचारका लागि दिएको योगदानको पनि कदर गर्दछौँ ।’
समाजवादी प्रेस संगठनले अवधि भाषाको समाचारलाई गुणस्तरीयता र जनमुखी बनाउन सुझाव समेत दिएको छ । ‘अवधि भाषामा समाचार सेवा आरम्भसँगै यसको गुणस्तरीयता र जनमुखी समाचार सेवा प्रवाहमा कमी नआओस् भनेर हामी उस्तै खबरदारी र साझेदारी गरिरहनेछौँ ’ विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘अन्य भाषाभाषीका समाचार सेवा आरम्भको पनि बाटो खुलेकाले यसतर्फ पनि रासस व्यवस्थापनले आगामी दिनमा सार्थक प्रयास गर्ने छ भन्नेमा विश्वस्त छौँ र संगठनका तर्फबाट हातेमालो गर्न पनि तयार रहेको जानकारी गराउँदै अवधि भाषाको समाचार सेवा आरम्भको सफलताको कामनासहित पुनः एकपटक रासस व्यवस्थापनलाई आभार प्रकट गर्दछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै