
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा ल्याउन नहुने बताउनुभएको छ ।
रास्वपा सभापति लामिछानेले मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्ता गठबन्धनका केही दलले विभिन्न तहमा चुनाव हारेकाहरुलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएर ‘व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार’ गरेको टिप्पणी गर्नुभएको हो ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलमा रास्वपा सभापति लामिछानेले राजनीतिमा यस्तो प्रवृति अन्त्य गनृुपर्ने उल्लेख गर्नुभयो । ‘तपाइँहरूले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईँको मुटुमा अर्को ढुंगा बस्छ । फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ’ बैठकमा उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ(यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन । मौका परे हामी पनि चुक्दैनौं । त्यसका लागि हामी पनि गोली थाप्छौं । तर, त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदाखेर व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेर यहाँहरूले गर्ने प्रतिवाद खोई त ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न