
काभ्रे । काभ्रेपलाञ्चोकमा रकम अभावले अस्पताल निर्माण रोकिएको छ ।
जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित दुर्गम खानीखोला गाउँपालिका–५ तालढुङ्गामा निर्माण शुरु गरिएको १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण रोकिएको हो । २०७८ साल असार २९ गते एक वर्षमा सक्नेगरी भवन बनाउन सम्झौता गरिएको थियो ।
अस्पताल निर्माणपछि नजिककै उपचार गर्न पाउने आशामा बसेका स्थानीय उपचारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहँदै आएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा नपाएकै कारण स्थानीय नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ’ खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले भन्नुभयो । उहाँका अनुसार कच्ची सडक वर्षायाम वा अन्य कारण सडक बन्द हुँदा ‘एम्बुलेन्स’ जान सक्दैन र नजिकै अस्पताल छैन । उहाँले भन्नुभयो – ‘बिरामी हुँदा मर्नुको विकल्प छैन, यहाँका नागरिकले आधारभूत अस्पताल र सडकका कारण दैनिक भोग्नुपरेका समस्यामा सङ्घीय सरकार र प्रदेश सरकारले पर्याप्त चासो दिएको छैन ।’
निर्माणाधीन अवस्थामा रहेको अस्पताल दुईतला बनेपछि अवरुद्ध भएको हो । त्यो अस्पताल निर्माण बहुवर्षीय बजेटमा समावेश गर्नुपर्ने अध्यक्ष थिङको भनाइ छ । चालु वर्षमा प्रदेश सरकारमार्फत विनियोजित रु तीन करोड बजेट अझै निर्माण व्यवसायीलाई भुक्तानी नहुँदा निर्माणको कामलाई निरन्तरता दिन नसकिएको हो । उहाँका अनुसार चालु वर्षमा निर्माण व्यवसायीको रकम भुक्तानी गरी थप कार्यका लागि बजेट विनियोजन हुँदामात्रै अस्पताल बन्ने कुराको सुनिश्चित हुन्छ ।
तत्कालीन नेकपा नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्राथमिकतामा राखेसँगै तालढुङ्गा स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्नेगरी १० शय्याको अस्पताल निर्माण थालिएको थियो । तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनीले खानीखोला गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि १२ करोड ५४ लाख रुपैयाँ मा सम्झौता गरेको थियो । निर्माण व्यवसायीलाई कार्यसम्पन्न गरेका आधारमा २ करोड ५० लाख रुपैयाँ भुक्तानी गरिएको जनाएको छ ।
पहाडी क्षेत्र भएका कारण खानीखोलाबाट सदरमुकाम आउने कच्ची सडक सामान्य वर्षामा पनि अवरोध हुने गर्दछ । खानीखोला मकवानपुर जिल्लाबाट नजिकै भए पनि वाग्मती खोलामा २०७३ सालमा ठेक्का लगाइएको पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाइ छ । उक्त गाउँपालिकामा सुत्केरी महिला उत्थान कार्यक्रम लागू नहुँदा छिमेकी महाभारत गाउँपालिकामा ल्याई सुत्केरी हुन नसकेका महिलाको उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल