
चितवन । १६ भदौ स् चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो ।
निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेशनले रु तीन लाखसहित सम्मान गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित हुनुभएको हो । फाउण्डेशनले उहाँहरुलाई वातावरण संरक्षण पुरस्कार प्रदान गरेको हो ।
प्रमुख संरक्षण अधिकृत पुनले भन्नुभयो– ‘गत आवमा संरक्षणका क्षेत्रमा हामीले महत्वपूर्ण काम गरेका छौँ । एक वर्षमा ३४ जना चोरी सिकारीमा संलग्न भई फरार अभियुक्त पक्राउ गरिएको यो पहिलो उपलब्धि हो । यसै गरी खगेन्द्र मल्लीभित्रको सत्तरचुली क्षेत्रमा २ वटा गैँडा खाल्डामा पुरेर चोरी सिकार गरिएका अभियुक्तलाई ९दिनभित्र पक्राउ गर्न सकेका थियौँ ।’ उहाँका अनुसार सालकको चोरी सिकारी गर्ने ६ जनालाई पक्राउ गरिएको छ ।
प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएका नेपाली सेनासँगै मध्यवर्ती क्षेत्रका बासिन्दाको संयुक्त प्रयासले चोरी सिकार नियन्त्रण अभियान प्रभावकारी बनाउन सकिएको बताउनुभयो । संयुक्त प्रयासका कारण निकुञ्जले ठूलो पुरस्कार पाउन सफल भएको उहाँको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एक सिङ्गे गैँडा र पाटेबाघका लागि प्रख्यात मानिन्छ । यससँगै अन्य वन्यजन्तुको संरक्षण र मध्यवर्तीका बासिन्दासँगको सम्बन्ध सुमधुर बनाएर वन र वन्यजन्तु संरक्षणमा आफूहरु लागि परेको पुनले जानकारी दिनुभयो ।
‘यो निकुञ्जमा घडियाल प्रजनन केन्द्र पनि छ । राप्ती र नारायणी नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर यहाँ बच्चा कोरल्ने गरिन्छ । ती बच्चालाई हुर्काएर नदीमा छोड्ने गरिन्छ’ प्रमुख संरक्षण अधिकृत पुनले भन्नुभयो– ‘पर्या–पर्यटनका हिसाबले यो निकुञ्जलाई मुलुकको महत्वपूर्ण निकुञ्जका रुपमा लिने गरिन्छ । नेपाल आउने पर्यटकको सफारीको महत्वपूर्ण गन्तव्यका रुपमा यो निकुञ्ज छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने