
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राइको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौँ–१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यही भदौ १० गते काठमाडौँ–१० शंखमुल साईबाबा पार्कस्थित लक्ष्मी बान्तवाको दुई तले घरको भुइँ तल्लाको सटरभित्र निजको छोरा ४१ वर्षीय रुपकले सञ्चालन गरेको पुल हाउसमा उनलाई कुटपिट गरी घाइते बनाइ फरार भएको र निजको राति नै मृत्यु भएकाले हत्या गरेको अभियोगमा प्रहरीले एमके कुमारलाई पक्राउ गरेको हो ।’
पक्राउ परेका निज एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको चेक, चस्मा, झोला, लुगा लगायतका सामान फेला पारी बरामद गरेर नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने