
महोत्तरी । महोत्तरी गाउँपालिकामा एक पुरुषले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर १ स्थित सोनुखडा गाउँका ४५ वर्षीय हबिब नदाफले श्रीमती ३६ वर्षीया रोशना खातुनको हत्या गरेका हुन् । हबिबले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार श्रीमतीसँग घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका हबिबको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने