
पर्सा । पर्साबाट गत आर्थिक वर्षमा सवा ३४ करोड रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद भएको छ ।
यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले गत आर्थिक वर्षमा ३४ करोड २७ लाख ७८ हजार ३ सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल गणका प्रमुख राधेश्याम धिमालले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा ९ करोड ८९ लाख ३७ हजार ३ सय ८२ रुपैयाा मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताउनुभयो । ‘भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ’ उहाँले भन्नुभयो– ‘बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।त्यही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ ।’
सशस्त्र प्रहरी बल पर्साले आव २०८०÷८१ मा भन्सार छली गरेर भित्रिएका १४ करोड ८९ लाख ४८ हजार ५ सय ५६ मूल्य बराबरकाअवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।
त्यही अवधिमा बिलबीजकअनुसार नभएका १९ करोड १६ लाख ९६ हजार ९ सय ७५ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९/८० भने २४ करोड ३८ लाख ४० हजार ९ सय ३१ रुपैयाँ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने