
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् । टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा ८० वर्षीय पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताउनुभयो । “घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशंका छ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो, “लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।” घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने