
सर्लाही । सर्लाहीमा गत असार महिनामा मात्रै डेढ करोड रुपैयाँ भन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले एक महिनामा डेढ करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने भन्सार छलिका गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले असार १ देखि ३१ गतेसम्म एक करोड ५७ लाख ७२ हजार ४ सय ४१ रुपैयाँ बराबरका बिलविजक नभएका सामान बरामद गरेको जानकारी दिनुभयो ।
सामानहरू विभिन्न समयमा जिल्लाको नेपाल(भारत सीमा क्षेत्रबाट नेपालतर्पm ल्याउँदै गर्दा बरामद भएका थिए । बरामद सामाग्री चलन चल्तीअनुसार बजार मूल्य कायम गरी आवश्यक कार्वाहीको लागि भन्सारमा बुझाउने गरिएको श्रेष्ठले बताउनुभयो ।
यसरी बरामद गरिएकामा किराना सामान, कुखुराका चल्ला, मेसिनरी तथा सवारीका पार्टपूर्जा, इलोक्टिोनिक्स सामान र लत्ताकपडा रहेका छन् । सामाग्री ढुवानीमा प्रयोग भएका सवारी साधनसमेत नियन्त्रणमा लिएर भन्सारमा बुझाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने