छुटाउनुभयो कि?

दादुरा-रुबेला खतरनाक रोग हो : स्वास्थ्यमन्त्री

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ को शुभारम्भ गर्नुभएको छ । मन्त्री बस्नेतले भन्नुभयो– ‘यो खतरनाक रोग हो । यसबाट बालबालिकाको मृत्यु पनि हुनसक्छ, एकजना बिरामीले १८ जनालाई रोग सार्न सक्छ । विद्यालयबाट यो रोगको सङ्क्रमण फैलिए महामारीको रुप लिन्छ ।  त्यसैले शिक्षा दिने थलो विद्यालयबाटै यो अभियान शुरु गरेका छौँ, नियमित खोप लगाएकाहरुले पनि यो खोप दिनुपर्छ ।

+