Breaking News

विमानस्थलमा खादा र माला प्रयोग नगर्न आग्रह

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याएकोले खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ ।