
जुम्ला। पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री