+

‘संसदमै प्रश्न उठेपछि उपसभामुखले राजीनामा दिनु उपयुक्त’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले उपसभामुखमाथि संसदमा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाएको विषयमा सदनमा पटक–पटक प्रश्न उठेकाले उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउनुभयो । 

सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गराउँदै राजनीतिकर्मीमा त्यत्तिको साहस हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो– ‘राजीनामा गरेर छानविनमा सहयोग गरेमा के फरक पर्छ ? प्रश्न उठ्नु र जवाफदेहिताको माग गर्नु लोकतन्त्र विरोधी कुरा होइन । व्यक्तिको पदीय दायित्व र आचारणमाथि प्रश्न उठिसकेपछि त्यसलाई गलत प्रमाणित गर्न सक्नुपर्छ, सबैका निम्ति पारदर्शिता अपनाउन राजीनामा दिएर सहयोग गरे उपयुक्त हुन्छ ।’

सांसद बास्कोटाले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा’ पूरा गर्ने दिशामा अगाडि बढेको भन्दै उहाँले आत्मनिर्भर अर्थतन्त्र, कृषिको आधुनिकीकरण र औद्योगिकीकरण प्राथमिकतामा रहेका बताउनुभयो । साथै उहाँले नीतिगत सुधारका माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट