
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो ।
सांसद कोइरीले आइतबार नै निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिनुभएको हो ।
कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि कोइरी सांसद् पदबाट निलम्बनमा पर्नुभएको थियो । मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।
अदालतबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाको लागि निवेदन दिनुभएको थियो । उहाँको निवेदन पछि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (५) बमोजिम निलम्बन फुकुवा भएको संसद् सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै