
दाङ । लुम्बिनी प्रदेशमा नवनियुक्त २ मन्त्रीको शपथ ग्रहण भएको छ । शनिवार नियुक्त भएका मन्त्रीद्वय कृष्णा केसी र सरोज थापालाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।
बाँके क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित नेकपा (माओवादी केन्द्र)की केसीले खानेपानी, ग्रामीण तथा सहकारी विकास र प्युठान प्रदेशसभा २ बाट निर्वाचित नेपाली कांग्रेसका थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाउनुभएको छ
दुई मन्त्री थपिएसँगै लुम्बिनीमा मन्त्रिमण्डल ९ सदस्यीय भएको छ । लुम्बिनीमा यसअघि मुख्यमन्त्रीसहित ७सदस्यीय मन्त्रीमण्डल थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै