
जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन शुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा मधेस प्रदेशका आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएको मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनुहुन्छ ।
मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।
सम्मेलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालमाथि गम्भीर छलफल गरी महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने विश्वास मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका सभापति यादवले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै