
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहनुभएको आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले आज नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गर्नुभएको हो ।
सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहनुभएको सहकारी विभागको सदस्यमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाल र कृष्णप्रसाद पौडेललाई मनोनयन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री