
रुपन्देही । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा कलश यात्रा निकालिएको छ । लुम्बिनीस्थित ५ नम्बर गेटबाट शुरु भएको कलश यात्रा मायादेवि मन्दिर, शान्ति दिप, केन्द्रिय नहरहुँदै अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेको छ ।
शोभा कलश यात्रामा बिभिन्न जातजातिको झाँकि सहितको प्रस्तुती रहेको छ । अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गर्नु हुने कार्यक्रम छ । औपचारिक कार्यक्रम बिहान ९ बजेपछि शुरु हुने बताईएको छ ।
बुद्ध जयन्तीको अबसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाइएको छ । तीन दिनसम्म बिभिन्न कार्यक्रम गरि मनाईने बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई दुलही झैं सिँगारिएको छ ।
लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरेर बिशेष रुपमा सरसफाई अभियान चलाएको थियो । जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय