
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा प्रकाशित ‘कोशी प्रदेशको आर्थिक व्यावसायिक पाश्र्वचित्र–२०८०’ को आज विराटनगरमा लोकार्पण गर्दै यस्तो धारणा राख्नु भएको हो ।
सार्वजनिक र निजी क्षेत्रबाट गरिने लगानीका बीच सामञ्जस्य कायम गर्न सके सीमित स्रोतको उच्चतम प्रयोग भई आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्त हुने मुख्यमन्त्री कार्कीको धारणा थियो । उहाँले आन्तरिक र बाह्य लगानी बढाउन प्रतिस्पर्धात्मक लाभका क्षेत्र पहिचान गर्ने तथा लगानीमैत्री वातावरण तयार गर्न सरकार र निजी क्षेत्रका बीच प्रभावकारी समन्वय र साझेदारीको आवश्यकता रहेकामा जोड दिनुभयो ।
उहाँले कोशी प्रदेशको आर्थिक विकास र समृद्धिको यात्राअघि बढाउन सरकारले अनुकूल र लगानीमैत्री वातावरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रबाट पहिलो पटक प्रकाशित यो तथ्याङ्कले उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा लगानी गर्न चाहने व्यवसायीलाई फाइदा पुग्ने कुरामा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै