
रुकुम । केही वर्षअघिसम्म घण्टाँै हिँडेर पानीको जोहो गर्नुपर्ने बाध्यता रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ सुर्किमारेका स्थानीयलाई थियो । उच्च भूभागमा घर भएकाले पनि पानीको मुहान भेट्टाउन हिँडेर दुई घण्टा समय लाग्ने गथ्र्यो । अहिले भने सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत घर आँगनमै स्वच्छ खानेपानी पुग्दा खुसी लागेको स्थानीय भीमबहादुर ओलीले बताउनुभयो ।
‘‘पहिले पानीका लागि धेरै समय खर्चिनुप¥र्थो, करिब दुई घण्टाको पैदल हिँडेर पानीको जोहो गर्ने गरेका थियौँ, अहिले घरघरै पानीको धारा पुगेको छ”, उहाँले भन्नुभयो । सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत लिफ्ट प्रविधिमार्फत चार सय ५० मिटर तलदेखि उक्त टोलमा पानी पु¥याइएको छ । सुर्किमारेमा लिफ्ट प्राविधिमार्फत पानी पु¥याइए पनि ‘एक घर, एक धारा’ नहुञ्जेल स्थानीयले सहज तरिकाकाले पानी प्रयोग गर्न पाएका थिएनन् ।
चैतदेखि भने मुख्यमन्त्री रोजगार कार्यक्रमबाट घरघरै पानीको धारा निर्माण गरी पानी सञ्चालनमा आएपछि भने सहज भएको स्थानीय लक्ष्मी खड्का ओलीले बताउनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरर्गत सुर्किमारेमा ५४ घरधुरीमा धारा निर्माण गरी स्थानीयले स्वच्छ पानी प्रयोग गर्न थालिसकेको निर्माण उपभोक्ता समितिका सचिव रामलाल शर्माले जानकरी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु १५ लाख बजेट खर्चेर धारा निर्माण गरिएको हो ।
जनश्रमदानसहित कूल १७ लाख ३९ हजार ९ सय ३४ रुपैयाँ खर्च भएको छ । यस आयोजनामा स्थानीयले पाँच÷पाँच दिन जनश्रमदान गरेका थिए । करिब २२ घनमिटरको ट्याङ्की निर्माण, पक्की धारा निर्माण, पाइप र मिटर खरिदमा उक्त रकम खर्च भएको समितिका सचिव शर्माले जानकारी दिनुभयो । केही वर्षभित्र घरघरै पानीका धारा पु¥याउने योजना वडा कार्यालयले बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल