
महोत्तरी । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनप्रति कारबाही गरी ११ करोड १५ लाख रुपैयाँ बढीको मिलापत्र गराइएको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार ४ सय ९२ रुपैयाँ को मिलापत्र गराइएको हो । उहाँका अनुसार जिल्लामा कूल दुई हजार आठ सय ३० मिटरब्याज सम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९ निवेदनबारे छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो ।
ऋणीबाट साहुद्वारा लिइसकिएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउनसमेत सफल भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । अहिले जिल्ला प्रहरी कार्यालयमा मिटरब्याजी सम्बन्धी निवेदनउपर दैनिक रुपमा निरन्तर छलफल, सुनुवाइ र कारबाही प्रक्रिया तीव्र गतिले अगाडि बढाइएको छ । विभिन्न निवेदनमा मिलापत्र गर्ने÷गराउने सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।
पछिल्लो एक महिना ९फागुनभरि० मा मात्रै जिल्ला प्रहरी कार्यालय एक सय ८६ निवेदनबारे छलफल गराउँदा एक सय ५५ निवेदनमा मिलापत्र गराउन सफल भएको हो । ती निवेदनबाट ४ करोड ९० लाख ११ हजार ३ सय ३४ रुपैयाँँ को मिलापत्र र सात बिघा १३ धुर जमिन फिर्ता गराइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल