
काठमाडौँ । ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गरिएको छ । दलित समुदायका अगुवाहरुले ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा आज धर्ना दिएका छन् ।
नेपाल पिछडावर्ग (ओबिसी) महासङ्घको नेतृत्वमा दलित समुदायका अगुवाहरुले ‘पिछडिएको समुदाय (ओविसि) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
महासङ्घका अध्यक्ष गजेन्द्र ठाकुरले तीन वटै विकास समितिमा रिक्त रहेको पदमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्ति गर्नुपर्नेमा जोड दिनुभयो । तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई पुनःनियुक्ति गर्नुपर्ने उहाँको भनाइ छ ।
महासङ्घले राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरणको लागि गरिएको सिफारिस मन्त्रिपरिषदबाट पास गरी यथाशीघ्र (ओबिसि) आरक्षण लागू गर्नुपर्ने, सरकार र नेपाल पिछडावर्ग (ओबिसि) महासङ्घ, दलित सङ्घ तथा वादी समुदायबीच भएको सम्झौता लागू गर्न सरकारसँग अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध