
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रदर्शन गर्दै छ। राप्रपाले आज काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गर्न लागेको हो।
प्रदर्शनलाई हिंसात्मक हुन नदिनका लागि काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार, राष्ट्रपति भवनलगायतका निषेधित क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। यता राप्रपाले भने बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ।
राप्रपाको प्रदर्शनले गर्दा शिक्षकहरूको प्रदर्शन भने प्रभावित भएको छ। चैत २० गतेदेखि शिक्षकहरू सोही क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। शिक्षकहरूले मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सो क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। तर आइतबार भने शिक्षकहरूले बिहानै प्रदर्शन सकाएका छन्। मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्ने शिक्षकहरूले आइतबार भने बिहान ११ बजे नै प्रदर्शन सकेर फर्किएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध