
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न प्रदेशको इन्चार्ज तोकेको छ । रास्वपाले विभिन्न तहको कमिटीलाई अझै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकेको हो।
रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश तथा इन्चार्ज तोकेको हो । रास्वपाले कोशी प्रदेशको इन्चार्ज सन्तोष परियारलाई बनाएको छ । बागमती प्रदेशमा लिमा अधिकारी र मधेस प्रदेशको इन्चार्ज मनिष झालाई तोकिएको छ ।
लुम्बिनीको इन्चार्ज विपिन कुमार आचार्य र गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाललाई बनाएको छ । कर्णाली प्रदेशको इन्चार्ज जिम्मेवारी गणेश पराजुलीले पाउनु भएको छ । सुदूरपश्चिमको इन्चार्ज हरि ढकाललाई तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध