
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन, विकास निर्माण र स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयद्वारा आज भैरहवामा आयोजित बेरुजु फछ्र्यौटसम्बन्धीको कार्यशालामा उहाँले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजुनै आउन नदिन र आएको भए फछ्र्यौट तर्फ ध्यान दिन आग्रह गर्नुभयोे । मन्त्री दाहालले नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गर्नुभयो । उहाँले भन्नुभयो– ‘कतिपय आयोजना समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको छ , त्यस तर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनुपर्छ ।’
मन्त्री दाहालले शुरु गरिएका आयोजना तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीलाई सुझाव दिनुभयो । कर्मचारीको कार्यसम्पादनबाटनै नागरिकले सरकारको महशुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरी काम गर्न उहाँको आग्रह छ । नेपालमा केही भएन, हुँदैन र हुनसकेन भन्ने जस्ता गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तन नागरिकसम्म पुर्याउन जरुरी रहेको बताउनुभयो ।
सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताउनुभयो । सडक आयोजना निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरी गर्न समेत कर्मचारी तथा प्राविधिकलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरि पोखरेल तथ सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजु व्यवस्थापन, सडक तथा पुल निर्माण एवं मर्मतको अवस्था र आवश्यकता लगायतका बारेमा कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध