
काठमाडौँ । संसद् अधिवेशन आह्वान गरिए पनि विद्यालय शिक्षा विधेयक तत्काल पारित हुनेमा आन्दोलनरत शिक्षक आश्वस्त हुन सकेका छैनन् । शिक्षकको मागबमोजिम विधेयक पारित गर्न संसद् अधिवेशन बोलाइएको भन्दै सरकारले कार्यथलोमा फर्कन आग्रह गरे पनि शिक्षकले आन्दोलन जारी राखेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी १२ गते दिउँसो १ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभउको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकको माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाएको बताउनुभयो । बुधबार भिडियो सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, ‘विधेयकलाई छिटो पारित गरियोस् भन्ने शिक्षकहरूको मागलाई सम्बोधन गर्दै बर्खे अधिवेशन आह्वान गरिएको छ । शिक्षकसँग संवादमा छौँ । मन्त्रालयका तर्फबाट सहजीकरण समिति निर्माण गरेर संवादमा लागेका डौँ’
यता, नेपाल शिक्षक महासंघले भने विधेयक तत्काल पारित हुनेमा आशंका गरेको छ । महासंघले शुरुवाती दिनमा प्रदर्शनमा सहभागी भएर फर्किसकेका शिक्षकलाई समेत निर्णायक आन्दोलन आवश्यक रहेको भन्दै पुनः फर्कन अपिल गरेको छ । शिक्षकहरूले बुधबार पनि काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए । शिक्षकहरू २० चैतदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलनमा छन् । उनीहरूले शैक्षिक हडताल आह्वान गरेको पनि एक साता नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध