
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा बागमती प्रदेशस्तरीय विरोध सभा आयोजना गर्दै छ । प्रदेश सभा आयोजना गर्न राप्रपाले शुरुमा नारायणहिटी राजदरबारबाहिरका लागि अनुमति मागेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त स्थानमा अनुमति नदिएपछि भृकुटीमण्डपमा गर्ने तयारी भएको थियो । भृकुटीमण्डपमा पनि प्रशासनले अनुमति नदिएपछि बल्खुमा आयोजना गर्न लागेको हो ।
विरोध सभा शान्तिपूर्ण र भद्र रूपमा हुने राप्रपाको भनाइ छ । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै प्रकारका घुसपैठ रोक्ने र शान्तिपूर्ण प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । कलंकी र कोटेश्वरदेखि नाराजुलुसहित राप्रपा कार्यकर्ता बल्खुमा पुग्नेछन् । राप्रपाले मञ्च तयार गरिसकेको र पार्टीको युवा मोर्चामा आबद्ध स्वयंसेवक परिचालन गरिसकेको छ । प्रदर्शनपछि आयोजना हुने सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले सम्बोधन गर्नेछन् ।
सात हजार सुरक्षाकर्मी परिचालन
राप्रपाको विरोध सभा एवं प्रदर्शनलाई मध्यनजर गर्दै करिब सात हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जसमध्ये नेपाल प्रहरीको पाँच हजार र सशस्त्र प्रहरीको १५ सय सुरक्षाकर्मी रहनेछन् । सभामा सहभागी हुन कालीमाटी, सानेपा, कलंकीदेखि नाराजुलुससहित कार्यकर्ता सभास्थल बल्खु पुग्ने जनाइएको छ । उक्त क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई प्रहरीले अन्यत्र डाइभर्ट गरेको छ ।
सम्भावित दुर्घटना हुन नदिन प्रहरीले आसपासका सबै सपिङ मल, सरकारी कार्यालय, ठुला भवनआसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला प्रहरीपरिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले मंगलबारको सभा सुरक्षाका लागि आवश्यक सबै प्रबन्ध तयार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मंगलबार बल्खुमा राप्रपाको सभास्थल तोकिएको छ । सभा सुरक्षाका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध तयार गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र गरी सात हजारआसपासमा सुरक्षाकर्मी परिचालन हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए