
बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समृद्धिका लागि विशेष प्राथमिकता दिइने बताउनुभएको छ ।
मैनापोखरमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गतको खबरदारी सभामा पूर्वप्रधानमन्त्री दाहालले बर्दियाको पर्यटन विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर रुपमा अघि बढ्ने बताउनुभयो । उहाँले हुलाकी राजमार्गको काम लामो समयदेखि अवरुद्ध रहेको उल्लेख गर्दै आफ्नै दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा भारत सरकारको सहयोगमा गति ल्याइएको स्मरण गर्नुभयो ।
उहाँले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिँदै राज्यकै राजपत्रमा समेत अभिलेखीकरण गरिएको बताउनुभयो । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी कार्य कानुनी रूपमा अब कुनै अवरोध नहुने उहाँले प्रस्ट पार्नुभयो ।
अध्यक्ष दाहालले दुई महिनाभित्र सत्य निरूपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले काम थाल्ने जानकारी दिँदै भन्नुभयो– ‘शहीद तथा बेपत्ता योद्धाहरूको सम्मानमा विभिन्न जिल्लामा ऐतिहासिक बलिदान स्थलहरूमा पार्क निर्माण गरिनेछ । पीडित परिवारलाई राहत दिइनेछ, एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।’
सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै उहाँले १५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको बताउनुभयो । पार्टीको अभियान झापाबाट शुरु भई कञ्चनपुरसम्म पुग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री