
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताको नभई देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ आज सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५औँ हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले ‘पिएसबी मोडल’मा सञ्चालन भएको रेडियो नेपालले सत्ताभन्दा देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।
रेडियो नेपालले अब कुनै पनि राजनीतिक नेता तथा पार्टीको गुणगान गाउन आवश्यक नभएको उल्लेख गर्दै उहाँले सत्यतथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गर्न निर्देशन दिनुभयो ।
सञ्चारमन्त्री गुरुङले मुलुकभित्रको विविधतामा एकता खोजी समावेशी चरित्रको भूमिका निर्वाह गर्दै देशका सबै वर्ग, क्षेत्र र पक्षले अपनत्व गर्ने सञ्चार गृहका रुपमा रेडियो नेपाल स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपाल ‘पिएसबी’ का कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रेडियो नेपालको पहुँच विस्तार कार्य तीव्र बनाउनुका साथै जनताले पाउनुपर्ने सत्यतथ्य सूचनाको हकलाई प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समयको माग र सूचनाप्रविधिको विकाससँगै रेडियो नेपालको कार्यशैलीमा परिवर्तन गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष डा विष्टले सङ्घीय समावेशी अवधारणालाई आत्मसाथ गरी मुलुकका सबै पक्षको अपनत्व हुनेगरी सेवा प्रवाह गरिरहेको स्पष्ट गर्नुभयो ।
त्यस अवसरमा रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारी, उत्कृष्ट कर्मचारी र गीतसङ्गीत क्षेत्रका उत्कृष्ट स्रष्टाहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो