
नेपालगञ्ज । बाँकेका २ पालिकाबाहेक ६ स्थानीय तहमा सुकुमबासी समस्या समाधान आयोगले लगत सङ्कलन शुरु गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाबाहेक, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, वैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकाका जग्गा नापजाँचका लागि लगत सङ्कलन शुरु भएको यहाँस्थित सुकुमबासी समस्या समाधान आयोगले जनाएको छ ।
आयोगका बाँके अध्यक्ष घननाथ खनालले राप्तीसोनारी गाउँपालिका–७ मा केही दिनअघि मात्रै जग्गाको नापजाँच सुरु गरेको जानकारी दिँदै जग्गाको लगत सङ्कलनका लागि जिल्लामा ३९ कर्मचारी परिचालन भएका बताउनुभयो ।
‘कतिपय स्थानमा लगत सङ्कलन अपुरो भएकाले र वास्तविक तथ्याङ्क आओस् भनेर जग्गाको लगत सङ्कलन शुरु गरेका हौँ उहाँले भन्नुभयो । यसअघि गठन भएको सुकुमबासी समस्या समाधान आयोगमा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकामा १२ हजार ५२३, वैजनाथमा १० हजार ११२, नेपालगञ्जमा तीन हजार ४२, नरैनापुरमा दुई हजार ३४५ र जानकीमा दुई हजार ८१० कित्ता नापजाँचका लागि निवेदन परेको थियो ।
बाँकेमा दलित भूमिहीनतर्फ ३न हजार ६८१ कित्तामध्ये ८३९ कित्ता वास्तविक कित्ता भएको र त्यसलाई वडा कार्यालयबाट प्रमाणीकरण गरेको उल्लेख गर्दै भूमिहीन सुकुमबासीतर्फ ६ हजार ७९८ कित्ता रहेको बताउनुभयो । उहाँले बाँकेमा ४३ हजार २२६ कित्ता जग्गामा अव्यस्थित बसोबासीको रहेका जनाउँदै चैत १४ गतेपछि क्रमशः सबै ठाउँमा जग्गा नापजाँच गरिने योजना सुनाउनुभयो ।
‘कतिपय ठाउँमा विगतमा जग्गाको नापजाँच भएको तर जग्गाधनीले उपभोग गर्न नपाएको अवस्था छ, त्यसको अन्त्य गरिने छ’ उहाँले भन्नुभयो । चिसापानीदेखि कुसुम क्षेत्रको वन इलाकामा पनि नापजाँच हुने जानकारी उहाँले दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल