
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद तारामान स्वाँरले ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनासम्बन्धी कामलाई यथाशीघ्र अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ ।
बैठकको शून्य समयमा उहाँले सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको एक वर्षभन्दा बढी भएको भन्दै हालसम्म प्रक्रिया अघि नबढ्नु चिन्ताको विषय भएको बताउनुभयो । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको बताउँदै प्रतिनिधिसभाको शिक्षा समितिमा त्यो विधेयक विचाराधीन रहेको उहाँले उल्लेख गर्नुभयो ।
सांसद स्वाँरले भन्नुभयो– ‘शिक्षा समितिमा विचाराधीन अवस्थामा रहेको पनि महिनौँ बितिसकेको छ, तर यससम्बन्धमा जुन तिव्रताका साथ काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यसमा ढिलासुस्ती हुनुको कारण के हो रु, संसद्लाई जानकारी होस् ।’
सांसद तुलसाकुमारी दाहालले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले हवाईसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको प्रोटोकल र अन्तरराष्ट्रिय नागरिक उड्ययनसँग सम्बन्धित मापदण्ड अनुरुप सरकारले हवाई क्षेत्रलाई व्यवस्थित गर्न हवाई नीति पारित गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन क्षेत्रका दुई वटा विधेयक राष्ट्रियसभामा दर्ता भइसकेको जानकारी दिनुभयो ।
सांसद दाहालले भन्नुभयो– ‘ त्यो विधेयकलाई राष्ट्रियसभाले २०७८ साल साउन १८ गते पारित गरी प्रतिनिधिसभामा पठाएको थियो, प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा शून्यमा गएर अहिले फेरि दर्ता भएको जानकारी पाएका छौँ, यसलाई यथाशीघ्र अघि बनाउन अनुरोध गर्दछु ।’ उहाँले विश्वमा हवाई सेवा भरपर्दो साधन भए पनि नेपालमा पटकपटक दुर्घटना भइरहेकाले यो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद दाहालले हालसम्म ७१ वटा हवाई दुर्घटना हुँदा ९ सय ५० जनाले ज्यान गुमाएका जानकारी दिनुभयो । उहाँले गत साउनमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु परेको उल्लेख गर्दै हवाई क्षेत्रमा लापरबाही नगर्न सम्बद्ध सबैलाई अनुरोध गर्नुभयो ।
त्यो घटना भएको ८ महिना हुँदासम्म छानबिन समितिले प्रतिवेदन ल्याउन नसकेको भन्दै यथाशीघ्र छानबिन प्रतिवेदन ल्याउनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग