+

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री


काठमाडौँ । गृह मन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी छानबिन समिति गठन गरिएको बताउनुभएको छ । 



प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उहाँले मन्त्रिपरिषद् बैठकले भिभिट भिसा प्रकरणको छानबिनका लागि गठन भएको शंकरदास बैरागी संयोजकत्वको समितिबारे जानकारी दिँदै यस्तो धारणा रख्नुभएको हो ।  

उहाँले समिति गठनले सदनभित्र उठेका सबै भावनाहरू समेटिएको पनि बताउनुभयो । लेखकले समितिले पेश गर्ने सुझाव प्रतिवेदनअनुसार सरकार अगाडि बढ्ने पनि प्रतिबद्धता जनाउनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै