
काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खांनले तराईका दलित समुदायको उत्थानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद खांनले मधेसी दलितको शैक्षिक, आर्थिक तथा स्वास्थ्य अवस्था कमजोर रहेको र उनीहरु सामाजिक बहिष्करणमा परिरहेको बताउनुभएको हो । उहाँले अवसरबाट बञ्चित डोम र मुसहर समुदाय अझै विभेद भोग्न बाध्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
‘मधेसी दलित समुदायको प्रौढ साक्षरता २३ दशमलव १ प्रतिशत मात्रै छ । यो समुदाय अझै पनि शिक्षा, रोजगार, स्वास्थ्य एवं अवसरबाट अलग छ’ उहाँले भन्नुभयो– ‘जब कुनै नागरिक आधारभूत मानवअधिकारबाट बञ्चित हुन्छ, त्यसले लोकतन्त्रलाई नै प्रश्न चिन्ह खडा गर्छ ।’
विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न डुबेका सहकारीका पदाधिकारीहरुको सम्पत्ति, लगानी रोक्का र राहदानी जफत गनुपर्नेमा जोड दिनुभयो । उहाँले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आर्थिक विकासमा केन्द्रित हुन जोड दिनुभयो । ‘आर्थिक विकास नगर्ने अनि लोकतन्त्रको कुरामात्र गरेर हुन्छ ?’ उहाँले भन्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले पूर्वविशिष्ट पदाधिकारीको आजीवन सेवासुविधा थप्ने विषयमा सरकारलाई गम्भीर हुन सुझाव दिनुभयो । उहाँले आजीवन सेवासुविधाले जनप्रतिनिधि सुविधा भोगतर्फ लक्षित हुने आशङ्का व्यक्त गर्नुभयो । सांसद चौधरीले झण्डै १८ हजार कैदीबन्दी बिरामी रहेको भन्दै उनीहरुको औषधि उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । कैदीबन्दीका कारण राज्यले बेहोर्न परेको आर्थिकभार कम गर्न विभिन्न चाडपर्वमा कैद माफीको विषयबारे पुनःविचार गर्नसमेत उहाँको माग थियो ।
आमजनता पार्टीका सांसद प्रभु साहले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धात्मक बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । त्यसका लागि यस एयरलाइन्सभित्रको बेथिति नियन्त्रण गर्दै सुधार र व्यवस्थापनको आवश्यकता औँल्याउनुभयो ।
सांसद साहले नेपाली आकाश सुरक्षित बनाउने, सी–चेक गर्ने र हवाई भाडा शुल्क नियन्त्रण गर्ने विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । .‘पाँच वटा जहाज थन्किएर बसेको छ । यी जहाज कि उडाउनुपर्छ कि त व्यवस्थापन गर्नुपर्यो । यतिकै खर्चभार बढाएर सरकारले के सन्देश दिन खोजेको हो ?’ उहाँले भन्नुभयो ।
सांसद योगेन्द्र मण्डलले चतरा नहरको मुहानमा रहेको समस्या समाधान गर्न आग्रह गर्नुभयो । ‘६८ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्य लिएको नहर अहिले ८ हजारमा सीमित भएको छ । किसानहरु प्रभावित भएका छन्’ सांसद मण्डलले भन्नुभयो ।
नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले आगामी बजेटले अनौपचारिक अर्थतन्त्र अघि बढाउने गरी आउनुपर्ने बताउनुभयो । उहाँले श्रम ऐन कार्यान्वयनमा जोड दिँदै योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा नियमनको आवश्यकता औँल्याउनुभयो ।
उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको समस्या सम्बोधन गर्नतर्फसमेत ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग