+

‘गणतन्त्र रक्षाका लागि सरकारले जनपक्षीय काम गर्नुपर्छ’

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद विमला सुवेदीले गणतन्त्र रक्षाका लागि सरकारले जनपक्षीय काम गर्नुपर्ने बताउनुर्भको छ । 


प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सुवेदीले  पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेकाले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । 
  
उहाँले अहिलेको व्यवस्थाको रक्षाका लागि जनताका पक्षमा प्रभावकारी रुपमा काम गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ । 

राजतन्त्रवादीहरु व्यवस्थाकाविरुद्धमा लागेको उल्लेख गर्दै उहाँले बेलैमा सचेत रहन र गणतन्त्रप्राप्तिका लागि भएका योगदानको सम्मान गर्न सबैले ध्यान दिनुपर्ने खाँचो रहेको बताउनुभयो । सांसद सुवेदीले भनुभयो– ‘यो लोकतान्त्रिक शासन व्यवस्थामा राजा ल्याउने सपना देख्न पाइन्छ तर राजतन्त्र फर्काउने कुरा सम्भव छैन । राजसंस्था फर्केला भनेर भ्रमको खेती गर्न पनि पाइन्न ।’
  
पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषय बेठीक भएको भन्दै उहाँले आफ्नो पार्टीले यसको विरोध गर्ने बताउनुभयो । 

सांसद सुवेदीले बाँकेको बालेन्दु बालसुधार गृहका समस्या दीर्घकालीन रुपमा समाधानका लागि कानुनी र संरक्षणगत सुधार जरुरी रहेको समेत उल्लेख गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै