
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज विशेष घोषणा गर्दैछ । एकीकृत समाजवादीले मुलुकको राजनीतिमा पछिल्लो समय उत्पन्न परिस्थितिको सामाना गर्दै गणतन्त्रको पक्षमा माहोल कायम राख्न विशेष घोषणा गर्न लागेको हो ।
पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा आयोजना गरिने कार्यक्रमका लागि आवश्यक तयारी पूरा गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभएको छ ।
पार्टी निकट जनवर्गीय सङ्गठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुनेछ । शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्नेछन् ।
पार्टीका सबै तहका कमिटीहरू परिचालन गरी देशभर सङ्गठित सदस्य विस्तार तथा सङ्गठन थप सुदृढीकरण गर्ने राजनीतिक अभियान सञ्चालन गरिने छ । बाँकी रहेका वडा, क्षेत्र, जिल्ला, प्रदेशका अधिवेशन गरी कमिटी गठन गरिने जनाइएको छ । पार्टीले तल्लो कमिटीदेखि माथिल्लो तहका कमिटीका सुझाव समेटेर समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज साथै साङ्गठनिकलगायत अन्य दस्तावेज टुङ्ग्याउने उहाँले जानकारी दिनुभयो ।
दस्तावेज टुङ्गो लगाउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदलसमेत गठन गरेको पार्टीले आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग