
हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताउनुभएको छ ।
हेटौँडा अस्पतालमा आज मुटु रोगसम्बन्धी सेवाको शुभारम्भ गर्दै उहाँले स्वास्थ्य सेवालाई सहज र सेवाको गुणस्तर वृद्धिमा सरकारले लगानी बढाएको बताउनुभयो । विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रुपमा सुधार भइरहेको उहाँले जनाउनुभयो ।
मुख्यमन्त्री लामाका अनुसार हेटौँडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिबद्ध रहेको छ ।
हाल देशमा मुटु रोगसम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकार त्यसतर्फ गम्भीर र सतर्क रहेको उहाँको भनाइ छ । स्वस्थ्य सेवालाई राजनीतिकीकरण गर्न बन्द गर्नुपर्नेमा मुख्यमन्त्री लामाको जोड थियो ।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन आफू लागिपरेको बताउनुभयो । विभिन्न सङ्घसंस्थासँगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उहाँले जनाउनुभयो ।
अस्पतालमा कार्डियो सेवाको दीर्घकालीन सञ्चालन तथा क्याथ ल्याब सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा प्रदीप ज्ञवालीले प्रादेशिक अस्पतालको सेवा विस्तारसँगै निरन्तरता महत्वपूर्ण हुने बताउनुभयो ।
सेवा विस्तारमा आएका छात्रवृत्तिका विशेषज्ञ चिकित्सकलाई अस्पतालमा दुई वर्ष टिकाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग