
महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा सिके (चन्द्रकान्त) राउतले अबको बाटो सामाजिक लोकतन्त्र हुने बताउनु भएको छ ।
बर्दिबासमा पार्टीको केन्द्रीय समितिको दुईदिने बैठक सम्पन्नपछि आज बिहान रासससँग कुरा गर्दै डा राउतले समाजवादका लागि आधार तयार नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिलाई अझ समुन्नत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
समाजवादी राजनीतिक र आर्थिक अवस्थामा पुग्न प्रचुर उत्पादन बढाउनुपर्ने हुँदा त्यसको आधार तयार गर्न उत्पादनमुखी सामाजिक लोकतन्त्रको बाटो आफ्नो दलले लिएको उहाँको भनाइ छ । ‘हामी कहाँ पूँजीवादी क्रान्ति भएको छैन, अनि कसरी समाजवादमा पुग्ने ?’ उहाँले प्रश्न गर्नुभयो । त्यसैले अहिले आफ्नो दल उत्पादनमा जोड दिनेगरी ‘सामाजिक लोकतन्त्र’ सुदृढ गर्नुपर्ने निष्कर्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
मुलुकको निकास प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उहाँको भनाइ छ । त्यो राष्ट्रपति वा प्रधानमन्त्री जेमा सहमति हुन्छ, आफ्नो दललाई स्वीकार्य हुने डा राउतले बताउनुभयो । सङ्घमा जस्तै प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र संवैधानिक निकायका प्रमुखहरु जनअनुमोदित हुनुपर्ने उहाँको तर्क छ । आफ्नो दलले यसलाई ‘नौलो गणतन्त्र’ का रुपमा परिभाषित गरेको उहाँको भनाइ छ ।
पछिल्ला दिनमा राजतन्त्र फर्कने हल्ला वाहियात भएको टिप्पणी उहाँले गर्नुभयो । आइतबार र सोमबार बसेको केन्द्रीय समितिको बैठकले मुख्यतः जनआधारित पार्टी निर्माणमा जोड दिँदै सर्वकालिक कार्यकर्ता उत्पादनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।
यसैगरी, विचार र कार्यक्रम मिल्ने अन्य दलसँग पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने र यसका लागि वार्ता गर्न पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको डा राउतले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग