
काठमाडौँँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र कहिल्यै नआउने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो जन्मदिनको अवसरमा निवास परिसरमा वृक्षरोपण गर्दै यस्तो बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्री नेपालले जन्मदिनका अवसरमा शुक्रबार कोटेश्वरस्थित निवास परिसरमा एभोकार्डो र अम्वाका बिरुवा रोप्नु भएको छ ।
बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको धारणा व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यदि राजनीति र देश विकास गर्ने चाहना चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव दिनुभएको छ ।
अध्यक्ष नेपालले रौतहटबाट पहिलोपटक अभियानका रूपमा शुरुवात गरिएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियानलाई एक्यवद्धता शुरुवात गरिएको जन्मदिनलाई सत्कर्ममा जोडौ अभियानमा ऐक्यवद्धता जनाउँदै विरुवा रोप्नुभएको हो । यस्तो अभियान पत्रकार गोविन्द चौलागाईको अगुवाइमा संचालन हुँदै आएको छ ।
नेपाल पत्रकार महासंघको काडमाडौँ शाखा अध्यक्ष हुम्दै केन्द्रीय सचिव समेत बनिसक्नुभएका संचारकर्मी चौलागाईले सर्वसाधारणदेखि विभिन्न क्षेत्रमा ओहदामा रहेकाहरुलाई समेत आफ्नो जन्मदिन कम्तीम एउटा भए पनि विरुवा रोप्न अभिपे्ररित गर्दै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग