
काठमाडौँ । आमसञ्चारलाई व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक बनाउने उद्देश्यले सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारका लागि एक दिवसीय क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र राष्ट्रिय समाचार समिति (रासस)को व्यवस्थापनमा आयोजित क्षमता विकास कार्यक्रममा सार्वजनिक सञ्चारमाध्यमका करिब ४० जना पत्रकारको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्रकुमार ठाकुरले पत्रकारको अभिमुखिकरण कार्यक्रमले व्यावसायिक पत्रकारितामा निखार ल्याउन र भइरहेका अभ्यासबारे विचार, अनुभव, ज्ञान र सीप आदन–प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘मन्त्रालयले नीति बनाउने र क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिएर क्षमता विकासको प्याकेजलाई आगामी दिनमा कसरी लैजान सकिन्छ भनेर एक दिने अभिमुखीकरण आयोजना गरिएको हो’ उहाँले भन्नुभयो– यसबाट आगामी दिनमा क्षमता विकासको प्याकेज र नीतिगत रुपमा गर्नुपर्ने सम्बोधनलगायत विषयमा राय सुझाव लिन मद्दत पुग्नेछ ।’
निमित्त सचिव ठाकुरले अभिमुखीकरण कार्यक्रमलाई समन्वय र व्यवस्थापन गर्ने कार्यमा राससले खेलेको भूमिकाप्रति मन्त्रालयकोतर्फबाट आभार प्रकट गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई नतिजामूलक बनाउन समन्वय र सहकार्य गरेर मन्त्रालय अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता जगतमा नयाँ–नयाँ प्रयोग भइरहेको सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिका लागि कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । पछिल्ला दिनमा नेपाली मिडियामा खोजमुलक र व्यावसायिक पत्रकारिताको अभाव खड्किएको र औपचारिकतालाई बढी प्राथमिकता दिइरहेको सन्दर्भमा व्यावसायिक पत्रकारिताको उच्चतम अभ्यासलाई ध्यान दिएर अभिमुखीकरण गरिएको बताउनुभयो । ‘तालिम, अभिमुखीकरणजस्ता विषयवस्तुले जहिले पनि नयाँ र केही न केही फरक विषयवस्तुबारे जानकारी दिन मद्दत गरिरहेको हुन्छ’ उहाँले भन्नुभयो– ‘पत्रकारितामा हरेक क्षण र समयमा नयाँ–नयाँ कुरा आइरहने हुनाले पत्रकारले नयाँ प्रयोग र सम्भावनालाई कसरी आफूलाई तम्तयार भएर प्रस्तुत गर्नेभन्नेबारे यस्ता कार्यक्रम उपयोगी हुनेछ ।’
स्रोतमार्फत पनि पत्रकारिता प्रभावित भइरहेको छ भन्दै उहाँले नेपालको सन्दर्भमा खोजी पत्रकारिता र स्रोतसँगको सम्बन्धलाई बलियो बनाउन पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
राससका महाप्रबन्धक सिद्धराज राईले सार्वजनिक सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै समाचार कक्षमा भइरहेका नयाँ प्रयोगलाई कसरी अवलम्बन गर्नसकिन्छ भन्नेबारे तालिम प्रशिक्षणबाट आवश्यक ज्ञान र अनुभव हासिल हुने धारणा व्यक्त गर्नुभयो । क्षमता विकास कार्यक्रममा मिडियामा सूचना प्रविधिको प्रयोग, खोज पत्रकारिताका लागि स्रोत व्यवस्थापन र नेपाली पत्रकारितालाई समयसापेक्ष बनाउन आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्राप्त हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सञ्चार मन्त्रालयका उपसचिव ममता बास्तोलाले मन्त्रालयले वार्षिक रुपमा गर्ने कार्यक्रमलाई के कसरी अगाडि बढाउने सन्दर्भमा सार्वजनिक प्रशारण संस्थामा कार्यरत पत्रकारहरुको सुझाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले मन्त्रालयले तय गर्ने आगामी कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमबाट सुझाव प्राप्त हुने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव ठाकुर, खोज पत्रकारिता केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, राससका कार्यकारी अध्यक्ष झालगायतले प्रशिक्षण दिनुहुनेछ । रासस, गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन, प्रेस काउन्सिल नेपाललगायतका प्रतिनिधि क्षमता विकास कार्यक्रममा सहभागी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध