
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताउनुभएको छ । सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्रीले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिनुभएको छ ।
भूकम्पपछिको पुनःनिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुर्ननिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनगर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । ‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरको पुनःनिर्माण एवं पुनःस्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ’ गृहमन्त्री लेखकले भन्नुभयो– ‘त्यहाँ केन्द्रबिन्दु भएर गएका भूकम्पबाट नीजि घरमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनःनिर्माण र पुनःस्थापनको काम अगाडि बढाएका छौँ ।’
मन्त्रालयले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ ।
गृहमन्त्री लेखकले आगामी साता बझाङ, अछाम र जाजरकोट पुगेर पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृहमन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय