
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ ।
आजदेखि ललितपुरमा आयोजित नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९ औँ अन्तरराष्ट्रिय सम्मेलनमा उहाँले पाठ्यक्रम विकास, शिक्षक तालिम र समयसापेक्ष नीति निर्माण गरी शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक पर्ने बताउनुभयो ।
विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन आएको भन्दै उपप्रधानमन्त्री सिंहले मुलुकभित्रै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्दै जानु सुखद पक्ष रहेको उल्लेख गर्नुभयो । शैक्षिक नीति सुधारमा अङ्ग्रेजी भाषासम्बन्धी नीति निर्माण गरी सकारात्मक परिवर्तनका क्षेत्रमा योगदान गर्न पनि उहाँले सङ्घलाई आग्रह गर्नुभयो ।
‘नयाँ शैक्षिक नीतिको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास जरुरी छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग सहकार्य गर्दै काम गर्नुपर्छ’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
सन् १९९२ मा स्थापना भएदेखि नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन सङ्घले निर्वाह गरेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रमा अङ्ग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न आग्रह पनि गर्नुभयो ।
ललितपुरमा आजदेखि शुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय